सुर पक्रन नसकेको झुर फिल्म : छक्का पन्जा २

फिल्मले फिल्ममा राम्ररी सुर पक्रन सकेन भने त्यो फिल्म झुर हुन्छ । र त्यस्तै झुर फिल्महरु मध्यको झुर फिल्म हो " छक्का पन्जा २"

पक्ष्यपोषक: प्रकाश रानाभाट

फिल्मले फिल्ममा राम्ररी सुर पक्रन सकेन भने त्यो फिल्म झुर हुन्छ । र त्यस्तै झुर फिल्महरु मध्यको झुर फिल्म हो " छक्का पन्जा २"

अगाडीको ब्रान्डसंग सम्बन्ध भएता पनि छक्का पन्जा २ को छक्का पन्जासंग कुनै लिनुदिनु छैन ।

 दुईको एक संग कुनै सम्बन्ध छैन । छक्का पन्जा २ मा सबै भन्दा बढता प्रयोग गरिएको एउटा मात्र चिज हो मार्केटिङ स्टाटेजि । राम्रो बनाउन भन्दा पनि पैसा समाउन बनाइएको हो भन्दा फरक नपर्ला ।

समसामयिक विषयमा बनाउन खोजिएको मात्र छ बनाइएको छैन । कथा ठिकै जस्तो लाग्छ तर पटकथा झुर छ्न । कथा र पटकथा कहि कतै मेल खादैनन । फिल्मका दुईचार पात्र हावा नै छ्न । पात्र र पात्रका सम्वाद पनि हावा नै लाग्छ्न । अझ भन्ने हो भने पात्रलाई पात्रकै क्यारेकटरले जिस्काइरहे जस्तो लाग्छ्न । दिपकको पुलिसको क्यारेकटर चोर जस्तो छ , पुलिसवाला गुन्डा जस्तो । प्रियङ्काको वकिलवाला क्यारेकटर वकिल कम जर्नलिस्ट ज्यादा जस्तो लाग्छ । प्रियङ्काको ओभर याक्िटङ छक्का पन्जा २ मा पनि यथावत् नै छ । यी दुईको याक्िटङले दर्शकलाई गर्मी गराउछ्न । माग्ने बुढा सधैंको जोक्कर भएता पनि बुढाको क्यारेकटर मार्फत करियर काउन्सिलरलाई र एजुकेसन कन्सलटेन्सीहरुलाई मज्जाले जोक्कर बनाइएको छ । बुढाले आफ्नो क्यारेकटरलाई न्याय गरे पनि पात्रको स्कृप नै राम्रो छैन । स्वरुपको स्टाटिङ राम्रो छ धेरैको मन जित्न सक्छ्न । स्वस्तिमा फिल्मको "हट केक" हुन । उनको अभिनय उन जस्तै सुन्दर छ । शिवहरि,जितु ,वर्षा र गौरवको अभिनयलाई नो कमेन्ट । राजाराम,डन आमा र सरोज खनालको अभिनय जिवन्त लाग्छन ।

फिल्ममा पाँच सात वटा सम्बाद बाहेक अरु सम्बाद त्यति उत्कृष्ट छैनन् । फिल्ममा आयुस्मानको क्यामिओ रोलले वाउ वाला फिलिङ्स आउँछ । आयुस्मान र सन्ध्या के सि को रोलले फिल्मलाई रोचक बनाउछ । तर फिल्ममा एउटा दुई वाउ वाला सिन बाहेक अरु केही छैन ।

स्टोरि टेलिङ छेउ न टुप्पोको छ । पुलिसबाट अदालतलाई जिम्मा लगाइएको केश फेरि पुलिसलाई नै जिम्मा लगाइनछ । यो हेरिरहदा वाक्क लाग्छ । फिल्ममा सबैभन्दा बकवास पार्ट नै यहि हो । न्यायाधीश लाई जोक्कर अनि अदालत लाई सर्कस जस्तो तरिकाले देखाइएको छ । फिल्म , फिल्म जस्तो नभएर कमेडि सो भन्दा अलिक कम टेलिफिल्म भन्दा अलिक बढी बाहेक अरु केही छैन । फिल्मको अन्तिम तिर आउँदा दर्शकलाई इमोसनल ब्यालयाक्मेल गरिन्छ ।

 छ्क्का पन्जा २ पनि वान कै फर्म्याटमा बनाइएको छ । यो नै फिल्मको कमजोरी हो । नयाँ नौलो दुई चार अनुहार र सम्वाद बाहेक अरु सबै पुरानो नै छ्न । गीत पनि रिमिक्स भर्जन जस्ता । निर्देशकको कमजोरी सुरु देखि अन्तिम सम्म नै पाइन्छ ।

chakka panja 2 nepali movie